सिन्धपाल्चोकमा फेरि गयो भिषण पहिरो,४ जनाको शव फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुपाल्चोक, बाह्रबिसेको पहिरोमा हराएकामध्ये ४ जनाको शव फेला परेको छ । स्थानीय शिक्षक बजीरसिंह भण्डारीका अनुसार बिहानीपख ३ बजेको आसपासमा गएको पहिरोमा परी कम्तीमा २५ घरमा क्षति पुगेको छ । भीरखर्कबाट सुरु भएको पहिरोले नागपुगेको बस्ती नै छोपेकाले यति नै घरमा क्षति पुगेको भनेर भन्न कठिन रहेको उनले जानकारी दिए । “बिहानीपख पहिरो गएको हो । भीरखर्क ठाउँ छै जोखिममै थियो । ठाडो भिरालो जमिन भएकाले पहिरोको सम्भावना नै थियो । तर, नागपुगेचाहिँ समथर ठाउँमै पर्छ । डेढ किलोमिटर लामो पहिरो गएको छ । अहिलेसम्म ४ जनाका शव फेला परेको छ

गएराति भीरखर्कबाट सुरु भएको पहिरोले विशेष गरेर डाँडागाउँ र नागपुजेमा क्षति पुर्‍याएको नगर उपप्रमुख सुशील पाख्रिनले जानकारी दिइन् ।

“गएराति भीरखर्कबाट पहिरो सुरु भएको हो । भीरखर्कका १० घर बगाएको र ४ जनाको शव भेटिएको छ । तल नागपुगेमा पनि ८ घर बगाएको छ । १५ जनाभन्दा बढी बेपत्ता छन् । भीरखर्कको सबै अवस्था अज्ञात छ । नसोचेको ठाउँमा पहिरो गएकाले यति नै क्षति भयो भन्ने अवस्था छैन,” उनले भनिन् ।केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।
त्यसै गरि पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । उनी बिहानै स्थलमार्गबाट हुँदै सो क्षेत्र प्रस्थान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *