सिद्धार्थ राजमार्गको झुम्सामा डाडो भासिदै,३३ घर परिवार जोखिममा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिद्धार्थ राजमार्गको झुम्सामा डाँडो भासिन थालेपछि ३३ परिवार जोखिममा परेका छन् । चार दिनअघिदेखि भासिन सुरु गरेको डाँडाबाट पहिरो २० मिटर तल आइसकेको छ ।

गाँवै पुरिने डरले राम्ररी निदाउन समेत नसकेका स्थानीय गुहार माग्दै प्रहरी, वडा र गाउँपालिका कार्यालय धाइरहेका छन् । ‘, ‘चुनढुंगा खानी उद्योगमा जाने बाटोले गर्दा नै यस्तो भएको हो ।’ यसअघि कञ्चन कोइरिज चुनढुंगा खानी माथिबाट डाँडै खस्न सक्ने जोखीम थपिएको छ । ‘ठूलो पानी पर्ने हो भने अब यहाँ बसिनसक्नु हुन्छ,’ पानीमिलबाट सिद्धार्थ मिनिरल्स प्रालि चुनढुंगा खानी जाने सडकको चार घुम्ती सडक भासिएको छ ।

एउटा पहिरो सय मिटर चौडा छ । अर्को पुनः ४० मिटर भासिएको छ । जमिन पूरै चर्किएको छ । ‘खोला थुनियो भने घरहरूका साथै सिद्धार्थ राजमार्गको पुल र राजमार्ग पूरै जोखिममा पर्छ,’ । वर्षाका कारण अहिले खोला बढेको छ । यसअघि चुनढुंगा खानी जाने सडककै कारण ६ घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको थियो ।

। खानी उद्योगमा जाने सडकको ग्रेड नमिल्दा यस्तो अवस्था आएको हो । ‘धेरै घुम्ती र चुरे क्षेत्र भएकाले यसरी जमिन भासिएको हुन सक्छ,’ तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले पहिरो धेरै ठूलो क्षेत्रमा फैलिएको बताए । ‘खोलालाई नै थुन्छ कि भन्ने डर बढी भयो,’ उनले भने, ‘तत्काल मानवीय क्षति हुन नदिन स्थानान्तरण गर्ने तयारीमा छौं ।’

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *