सिँचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित अख्तियारको टोलिद्वारा पक्राउ

खोटाङ डिभिजन सिँचाइ कार्यालयका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ। मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनी रंगेहाथ पक्राउ परेकाहुन। काठमाडौंबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो।
खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि काठमाडौंबाट अख्तियारको टोली स्टिङ अपरशेका आएको पुष्टि गरे तर उनले पक्राउ परेको बारेमा विस्तृत विवरण आइनसकेको जानकारी दिए।
(Visited 1 times, 1 visits today)