सावधान : नेपालमा फैलँदैछ ज्यानमारा माछा– अफ्रिकन क्याटफिस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

‘अफ्रिकन क्याटफिस अर्थात मंगुर माछालाई हामी ज्यानमारा माछा भन्छौं’– वातावरणविद् मनोज खत्रीको भनाई छ । नेपालमा ज्यानमारा माछा मंगुर जताततै देख्न सकिन्छ । तर, सर्वसाधारणलाई यो ज्यानमारा माछा हो भन्ने थाहा छैन । बरु, अरु माछाभन्दा मिठो मानेर खाने नेपाली जमात बढ्दैछ ।नेपालमा सामान्य तया मुङडीमाछाको नामले यो चिनिन्छ । माछाबजारमा जिउदोरुपमै खुल्लम खुल्ला बेचेको पाउन सकिन्छ ।

यो माछा सरकारले आयात गर्न र पाल्न प्रतिबन्ध लगाइसकेको छ । यस्तै प्रतिबन्धित माछा सुनसरी प्रहरीले सात हजार केजीभन्दा धेरै बरामद गरेको छ । सो माछा भारतबाट ज्यूँदो स्वरुपमा आयात गरिएको थियो । सुनसरीको इनरुवामा प्रहरीले माछा बरामद गर्‍यो । त्यसपछि देशव्यापी तरंग आएको छ ।

‘प्रहरीले यो ज्यानमारा माछा बरामद गरेको मैले पहिलो पटक सुनेको स्थानीय बताउछन् । स्थानीयकाअनुसार भन्सारमा सेटिङ मिलाएर नेपालमा खुलेआम मंगुर माछा आयात गरिँदै आएको छ ।

जानकारहरुका अनुसार यो माछा भारतमा समेत प्रतिबन्धित छ । भारत सहित विश्वका कैयन देशले यो माछा आयात रोकिसकेका छन्, पाल्न पनि पाइँदैन ।

यसकारण ज्यानमारा

कुनै पोखरीमा यो माछा पालियो भने त्यहाँ अरु कुनै माछा बाँकी रहँदैन, सबैलाई क्याटफिसले खाइदिन्छ । माछा मात्र नभएर पोखरीमा माछासँगै हुने अन्य कैयन प्रकारका जलजीव सबैलाई क्याटफिसले खान्छ । पोखरीमा क्याटफिसले एकल वर्चश्व बनाउँछ ।

‘यतिमा मात्र क्याटफिसको खतरा सीमित छैन’– बातावरणविद मनोज खत्रीको भनाई छ– ‘क्याटफिस पालेको पोखरी भित्र कुनै पनि खालको झार र लेउ बाँकी रहँदैन । सबै यसले खान्छ । क्याटफिसले नखाने भन्ने केही पनि छैन । त्यसैले यसले पर्यावरणीय सन्तुलन ध्वस्त बनाइदिन्छ ।’

पोखरीमा पालिएको क्याटफिस नदीमा फैलियो भने त्यसको परिणाम विकराल हुन्छ । नदीका सम्पूर्ण माछा क्याटफिसले खान्छ । जहाँ क्याटफिस हुन्छ त्यहाँ यो एउटा प्रजाति मात्र बाँकी रहन्छ, बाँकी सबै जलचर सखाप हुन्छ । त्यसैले यसलाई ‘ज्यानमारा माछा’ भनिन्छ ।

जैविक विविधता सखाप पार्ने प्रजातिका रुपमा क्याटफिसलाई चिनिन्छ । यो अत्यन्तै प्रतिकूल अवस्थामा पनि बाँच्न सक्छ । त्यसैले सहरी क्षेत्रमा पसल भित्रै सानो पोखरी बनाएर यसलाई पालिन्छ र ज्यूँदो माछाका रुपमा बेचिन्छ । मनोज भन्छन्– ‘सहरी क्षेत्रमा ज्यूँदो माछा भनेर बेचिने प्राय क्याटफिस नै हो । यो खान योग्य माछा होइन ।’

जे पनि खाने भएकाले यो माछामा पोषक तत्व अरुमा भन्दा धेरै पाइन्छ तर हानिकारक रसायन पनि पाइन्छ । यसले हानिकारक रसायनहरु पचाएर बाहिर फाल्दैन, शरीरमै संचय गर्छ । त्यसकारण कैयन देशमा क्याटफिसमा पारो समेत पाइएको छ । पारोको थोरै मात्राले पनि मानिसको ज्यान लिन सक्छ ।

लाइफ म्यागेजिनले डा जेन अनिसुलोवोको भनाई उदृत गर्दै लेखेको छ– ‘माछा स्वास्थ्यका लागि राम्रो हो तर अफ्रिकन क्याटफिस घातक छ । यो माछा विभिन्न केमिकलले भरिपूर्ण हुन्छ । त्यसैले यसका कारण क्यान्सर हुनसक्छ । यो माछामा मानिसको शरीरले पचाउन नसक्ने बोसो पनि हुन्छ ।’

भारतले सन् २००० मै अफ्रिकन क्याटफिस प्रतिबन्धित गरेको हो तैपनि त्यहाँ यो माछा ब्यापक रुपमा फैलिइरहेको छ । त्यहाँको जनस्वास्थ्य र जलस्वास्थ्यका लागि यो ठूलो खतरा बनिसकेको छ ।

‘जलस्वास्थ्य र जनस्वास्थ्य दुवैका लागि हानिकारक यो माछाले आगामी दिनमा विश्वमा कहालीलाग्दो अवस्था उत्पन्न गर्नेछ’– वातावरणविद् एस गोर्डनलाई उदृत गर्दै टाइम म्यागेजिनले केही समय अघि लेखेको थियो ।

भ्यागुते हिले माछा

यो माछा हिलो, फोहोरमा बाँच्छ । पानीमा शास नफेरेर हावामा पनि शास फेर्न सक्छ । त्यसैले यसलाई कतिपयले भ्यागुताको श्रेणीमा पनि राखेका छन् । हिलोमा हुने कुनै पनि माछा खान लायक नहुने विज्ञहरुको राय छ ।

भारतबाट नेपाल ल्याइने माछाको अवस्था झनै विकराल छ । भारतका विभिन्न सहरमा अस्पताल तथा उद्योग वरिपरिको ढलमा क्याटफिस पालिन्छ । अस्पताल तथा उद्योगका फोहोरमा यो माछा झन् राम्ररी सप्लाउँछ । तिनै माछा नेपालमा आयात गरिन्छ । यो माछा मरेपछि चाँडै कुहिन्छ । शरीरभरी हानिकारक रसायन र विषादी हुने भएकाले तत्कालै कुहिँएको विज्ञहरु बताउँछन् । यही कारण यसलाई ज्यूँदो रुपमा बेचिन्छ । सानो भाँडामा अलिकति पानी या हिलो हालेर यो माछालाई जिवित राख्न सकिन्छ । ज्यूँदो माछा देखेपछि ग्राहक आकर्षित् हुन्छन् र क्याटफिस जस्तो घिनलाग्दो माछा खान पुग्छन् ।

भारतमा यो सबैभन्दा सस्तो माछामध्येको हो तर नेपालमा भने ज्यूँदो माछाका रुपमा महंगोमा विक्री भइरहेको छ र उपभोक्ताले पनि स्वस्थकर ठानेर खाइरहेका छन् ।

राहुल रञ्जनले मत्स्य विकास केन्द्र बालाजु र नेपाल मत्स्यपालक संघका लागि गरेको एक अनुसन्धानमा के देखिएको छ भने नेपालमा क्याटफिस पालन र उपभोग निरन्तर बढ्दो छ । सो अध्ययन अनुसार नेपालमा गत वर्ष ६ लाख टनभन्दा धेरै क्याटफिस आयात भएको छ । यद्यपि, यो पहिले देखि नै प्रतिबन्धित छ । क्याटफिस आयातको आधिकारिक तथ्यांक थोरै देखिए पनि वास्तविक परिमाण भने निकै धेरै भएको अनुमान गरिएको छ । किनभने भन्सारमा क्याटफिस नभनेर अन्य प्रजातिको माछा भन्दै सेटिङमा आयात हुने गरेको छ ।

पोखराको शुक्लगण्डकी माछा फार्मले दस वर्ष अघि नै यो माछा भित्राएर अत्यन्तै फाइदाजनक माछापालन थालेको भनेर हल्लाखल्ला गरेको थियो । यो प्रजातिको माछा ज्यानमारा हुन्छ भन्ने थाहा नपाएर रासस तथा विभिन्न मिडियाले समाचार समेत बनाएका थिए । अहिले नेपालका गाउँगाउँमा यो माछा पुगिसकेको छ । तराईदेखि पहाडसम्म मंगुर अर्थात् क्याटफिसले साम्राज्य फैलाइसकेको छ ।सनराईज खबर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *