सावधानी अपनाऔ,बाढीको जोखिम रहेका यी ठाउँमा सतर्क रहन आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका धनगढी, शान्तिपुर बेलौरी लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा पछिल्लो ३ देखी ६ घण्टा भारी वर्षा मापन गरिएकोले बाढीको जोखिम छ।

थप वर्षा हुने सम्भावनाप्रति सचेत गराउँदै महाशाखाले कान्द्राखोला, मोहनाखोला, खुटियाखोला, सुहेलीखोला, चौधरखोला लगायत आसपासका साना खोलामा बहाव बढ्‍नसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भन्दै बिहान १२ बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *