सावधानी अपनाऔं,शनिबारबाट देशैभर झरी पर्ने संभावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देशभर पुनः मनसुन सक्रिय भएसँगै शनिबारबाट झरीसँगै भारी वर्षा हुने देखिएको छ।मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले भारी वर्षा र झरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार र शुक्रबार देशभरीकै मौसम सामान्य बदली भई देशका विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भएपनि शनिबारबाट देशका अधिकांश स्थानमा झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिएकाहुन।

उनका अनुसार शनिबार रातिदेखि मनसुन फेरि सक्रिय हुने र आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।यो क्रम मंगलबारसम्म कायम रहन सक्ने महाशाखाको अनुमान छ । महाशाखाले सतर्कता अपनाउन पनि अपिल गरेको छ ।आज भने प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज राति प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ का एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना छ।यस्तै महाशाखाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *