सावधानी अपनाउनुहोस ,काठमान्डौमा संक्रमण नियन्त्रणभन्दा बाहिर जादै छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा बुधबार हालसम्मकै उच्च ३४३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १२६१ महिला र २१७८ पुरुष गरि थप ३४३९ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १,६८४जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५१८ महिला र ७७८ पुरुष गरि १२९६ जना, भक्तपुरमा ४३ महिला र ५२ पुरुष गरि ९५ जना र ललितपुरमा १३० महिला र १६३ पुरुष गरि २९३ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

त्यस्तै बुधबार ११२६ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ५जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै होम आइशोलेशनमा १४ हजार ४११ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १० हजार ५९६ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार १६४ जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख १३ हजार ४८५ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *