सावधानी अपनाउनुहोस,शनिबारसम्म देशका विभिन्न ठाउँमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौ – बिहीबार पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभएको छ।

मध्य र पूर्वमा भने एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न सक्ने उहाँको भनाइ छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आउँदो शनिबारसम्म नै केही ठाउँमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

प्रिमनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि बदली भइ बेलुकाको समयमा हुरीबतास, चट्याङ र असिना पानी पर्नु स्वभाविक भएको मौसमविद्ले बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *