साल्ट ट्रेडिङले सोमबारदेखि युरिया मल वितरण गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशभर चरम अभाव रहेको रासायनिक मल साल्ट ट्रेडिङ विराटनगरले अभाव टार्न सोमबार देखि निश्चित मात्रामा बितरण गर्ने भएको छ। सोमबारदेखि प्रदेश–१ का १६ जिल्लामा २६० कृषि सहकारीमार्फत् रासायनिक मल युरिया वितरण गर्ने भएको छ। कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिएकाहुन।

उनका अनुसार, उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य ७०० कायम भएको छ भने सहकारीले प्रति बोरामा १२ रुपैयाँ ५० पैसा छुट समेत पाउने व्यवस्था गरिएको छ। नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले छ हजार मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको विर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफनै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ।

दुई दशकको अवधिमा यसै वर्ष धान रोपाइँ पूर्वी क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी अर्थात् तीन लाख २२ हजारभन्दा बढी हेक्टर जमिनमा किसानले धान लगाएका छन्। धान रोपेको १३ दिनपछि किसानले खेतमा युरिया हाल्ने गर्छन्। यस वर्ष मलको अभावमा किसानले युरिया मल हाल्न पाएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *