सार्वजनिक यातायातहरुमा ‘भ्रमण वर्ष २०२०’ को लोगो टाँसिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउनका लागि सरोकारवाला सवै निकायहरुसंग हात्तेमालो गर्ने बताएका छन् । त्यसै गरि अब नेपालमा सञ्चालित सार्वजनिक गाडीमा भ्रमण वर्षको प्रचार सामग्री टासेस प्रचारप्रसार गरिने मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश ३ ले बिहिबार काठमाडौंमा आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० समुद्घाटन गर्दै उनले भ्रमण बर्ष मनाउनका लागि सरकारले नीजि क्षेत्र लगायतका अन्य सरोकारवालाहरुलाई साथमा लिएर अघि बढ्ने बताएका हुन् ।
भ्रमण बर्ष सफल पार्नका लागि यातायात क्षेत्रको भूमिका अपरिहार्य रहेको भन्दै नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समितिको सदस्यमा महासंघलाई पनि समावेश गरिने घोषणा गरे । उनले नेपाल आएका विदेशी पाहुनालाई गर्ने व्यवहार, सत्कार र सम्मानबारे सार्वजनिक सवारी साधनमा काम गर्ने व्यक्तिहरुलाई तालिम दिने बताए ।

कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० को स्टीकरलगायतका सामग्री महासंघका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *