सामान्य विषयमा विवाद हुदा साथीको संवेदनसिल अंग छिनाएर हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संवेदनशील अंग छिनाएर भारतीय नागरिकको हत्या पछि शवलाई परालमा जलाउने दुई जनालाई झापा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिका २ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा सम्लग्न भएको भन्दै सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको गरि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाका बारेका जानकारी गराएका हुन । उनले मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरि स्थानीय ऐनकुमार राजवंशीको खेतमा गलीे परालसमा चौधरी र यादवले शब जलाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।

शेख झापाको चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदुरी गर्दै आएका थिए । सोमवार साँझ यावद, चौधरी र शेखले चारपानेको एक स्थानीय होटलमासंगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पु¥याएको र संवेदनशील अंग काटेर शबलाई परालमा राखेर आगो लगाएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *