सामान्य विवादमा श्रीमानद्वारा श्रीमती र छोरीको गोलीहानी हत्या, छोरा गम्भीर घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली – सिन्धुलीमा श्रीमाने श्रीमती र छोरीको गोलीहानी हत्या गरेका छन् ।सामान्य घरायसी विवादहुला गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेका हुन् ।

स्थानीयका अनुसार मादक पदार्थ सेवन गरेका टेकबहादुर श्रीमती किरणसँग विवाद गरी सुतेको थिए । तर, सुतेको केही समयपछि पुनः राति ११ बजे श्रीमती, छोरी र छोरा सुतिरहेको कोठामा गई बन्दुकले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
श्रीमतीको घाँटी र छोरीको कन्चटमा गोली लागेको र घटनास्थलमा नै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार टेकबहादुरले धारिलो हतियार प्रहार गरी १९ वर्षीय छोरा कृष्णलाई पनि घाइते बनाएका छन् । कृष्णको गर्धन र बाया हातमा चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगीएको छ ।

टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *