सामाजिक सुरक्षा भत्तासंगै ,निशुल्क चेकजाच र औषधी पाउदा स्थानीय हर्षित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सामाजिक सुरक्षा भत्तासँगै चेकजाँच गरि निशुल्क औषधी पाएपछि अर्घाखाँचीको छत्रदेव गाँउपालिकाका स्थानीय बासिन्दाहरु खुसी भएका छन् ।

सबै वडामा एमविविएस डाक्टर सहितको स्वास्थ्य कर्मिको टोलीले उपचार गरेर बृद्ध भत्ता दिएपछि स्थानीयहरु हर्षित भएका हुन् । छत्रदेव गाँउपालिकाले शुक्रबार १ देखि ४ वडामा डाक्टर सहितको उपस्थितिमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

बृद्धबृद्धा तथा अपाङ्गलाई दिईने सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरी गाउँपालिकाले आफ्ना ८ वटै वडामा निशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए । पछाडी पारीएको गरिव निमुखा जनतालाई स्वाथ्यको पहुचमा ल्याउन यो निशुल्क शिविर सञ्चालन गरेको अध्यक्ष पोख्रेलको भनाई छ ।

बृद्धबृद्धाहरु बृद्ध भत्ता बुझि सकेपछि त्यो पैसा लिएर उपचारको लागि सन्धिखर्क, तम्घास, बुटबल जाने र औषधी उपचारमा खर्च गर्ने अवस्था देखेपछि यस्तो खालको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।

वाइट खिमानन्द भुसाल, प्रमुख प्रमुख प्रशासकीय अधिकृत उपचारसँगै निःशुल्क औषधी पनि पाइने र भत्ता पनि पाइने भएपछि सबै वृद्धवृद्धाहरुमा खुसी छाएको छ । स्वाथ्य सेवा लिन नआउने गाउँ–गाउँका विरामीहरु पनि स्वास्थ्यको पँहुचमा आएको र यसले गाउँपालिकाको विरामीहरुको अभिलेख राख्न समेत सजिलो भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *