सामाजिक संजाल दुरुपयोग गरि मनपरि ढंगले लेख्ने पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सामाजिक संजाल दुरुपयोग गरि मनपरि ढंगले फेसबुकमा स्टाटस लेखेको भन्दै जिल्ला प्रहरी कार्यालयले बागलुङ नगरपालिका ४ का चन्द्राकान्त पौडेललाई पक्राउ गरेको छ ।एभिन्युज खबर बागलुङ सम्वाददाता राजेशचन्द्र राजभण्डारी माउन्टेन टेलिभिजनका सम्वाददाता सुवास आचार्य ई.बागलुङ अनलाईनका सहायक सम्पादक रामप्रसाद घिमिरे लगायतका ब्यक्तिहरूलाइ सामाजिक संजाल फेसबुक मार्फत अपशव्द लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दर्ता गरे पछि प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रचलित कानुन विपरित बिभिन्न व्यक्तिको चरित्र हत्या र मान मर्दन गरेको आरोपमा पौडेललाई निवासबाटै पक्राउ गरेको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए ।सामाजिक सञ्जालको दुरुपयोग गरेर चरित्र हत्या, मानमर्दन गरेको बिषयमा उजुरी आएकाले अनुसन्धान र आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको रिजाले वताए । पौडेलले वेदविद्याश्रममा समान शिक्षाको आवाज सकरात्मक रुपमा उठाए पनि सामाजिक सञ्जालमा अराजक ढंगले प्रस्तुत भएकोमा धेरैले आलोचना गर्दै आएका छन् ।

पौडेलले कर्मचारी, नेता, सांसद, प्रधानमन्त्री, सामाजिक अगुवा, धार्मिक अभियन्ता लगायतका बारेमा तुच्छ शव्दहरु प्रयोग गर्दै तथानाम दैनिक दर्जनौ स्टाटस लेख्दै आएका छन् । पक्राउको वारेमा भिडियो सामाग्रि लिन खोन्दा आफु यस विषयमा नवोल्ने जिल्ला प्रहरीकार्यलय बागलुङका कामु सुचना अधिकारी हेम केसीले वताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *