सामरी खोलाले बगाउदा दम्पतीको मृत्यू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मकवानपुरको सामरी खोलाले बगाउदा दम्पतीको मृत्यू भएको छ । मकवानपुरगढी गाउँपालिकाको सामरी खोलाले बगाउँदा गाउपालिका–६ का ६२ बर्षिय ज्ञानबहादुर परियार र उनको श्रीमती ६१ बर्षि तुलसा परियार मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको–३ नम्बर तर्फ जान लागेका उनिहरुलाई झल्ला भन्ने ठाउमा खोला तर्ने क्रममा आईतबार बिहान बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाएका उनिहरुलाई ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले बताए ।

घटना सँगै प्रहरी टोली को मुचुल्का उठाउन घटनास्थलतर्फ जाँदै गरेको उनले बताए । शुक्रबार र शनिबार मात्रै जिल्लाको हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा खोलाले बगाउँदा तीनजनाको ज्यान गएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *