साधारण तारेखमा रिहा भए प्रमोद यादव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन ।

जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएलगतै सांसद साह रिहा भएका हुन । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासमा साहविरुद्धको रिटमाथि थुनछेक बहस भएको थियो । रिहा भएपछि साहले अदालतको निर्णय स्वागतयोग्य रहेको बताएका थिए । उनले जनताको पक्षमा आवाज उठाइराख्ने पनि बताए ।

विमान उडानमा ढिलाइ भएको भन्दै सोमवार जनकपुर विमानस्थलको भीआईपी कक्ष र विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह म‌ंगलवार काठमाडौंबाट पक्राउ परेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *