साढे १० लाख नगद चोरीगरेको आरोपमा नाबालक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले साढे १० लाख नगद चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ खोक्रेलाईनमा फागुन २५ गते बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा भएको चोरी घटनामा नाबालक पक्राउ परेका हुन् ।
पक्राउ परेका नाबालकको नाम प्रहरीले गोप्य राखेको छ । घरमा कोही नभएको अवस्थामा घरको पछाडिको ढोकाबाट भित्र पसेर दराजको लक खोली दराजभित्र रहेको नगद १० लाख ५० हजार रुपैयाँ चोरी भएको जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताएका छन् ।

‘हामीले घटना भएको १२ घण्टाभित्रै शंकास्पद नाबालकलाई गिरफ्तार गर्न सफल भएका छौं,’ डीएसपी रावलले भने, ‘नगद १ लाख २० हजार रुपैयाँसहित नाबालकलाई नियन्त्रणमा लिएका हौं । नाबालकले ३ लाख रुपैयाँ आफूले लगेको र अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएका छन् ।’ चोरीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी रावलले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *