साग महिला फुटबल : नेपाल फाइनलमा, स्वर्ण पदकका लागि भारतसँग भिडन्त हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की – नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ ।

नेपालले पोखरा रंगशालामा भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायो । यो जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा पुगेको छ ।

खेलको १८ औं मिनेटमा पहिलो गोल गर्दै सावित्राले अनु लामाको सर्वाधिक गोलको रेकर्डलाई तोडेकी थिइन् । त्यसपछि उनैले २२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालको अग्रता २-० मा पुर्‍याइन् ।

पहिलो हाफमा २ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने टिमलाइ तीन-शुन्यको जित दिलाइन ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ ।

यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । १२औँ सागमा फाइनलमा भारतले नेपाललाई ४-० ले हराएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *