सागमा स्वर्ण जित्नेलाई ६ लाख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१३ औ दक्षिण एशियाल खेलकुद (साग) को सम्पुर्ण तयारी सकिएको छ भने भलिबलका खेल सुरु भइसकेका छन् । सरकारले यसअधि स्वर्ण पदक जित्ने खेलाडीलाई ३ लाख दिँदै आएकोमा यो पटक बढाउने तयारी गरेको छ । एभिन्यूज खबरसंग कुरा गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले १३औँ सागमा स्वर्ण जित्ने खेलाडीलाई दिइँदै आएको पुरस्कार राशी दोब्बर बनाउन प्रस्ताव गरेको बताए ।

एभिसी महिला सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले जनही तिन लाख रुपैयाँ दिएको थियो । पुरस्कार राशी बढाउने तयारीसँगै खेलाडीको आत्मबल बढने अपेक्षा गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *