सागमा नेपालले तेस्रो स्वर्ण पदक जित्याे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१३औं दक्षिण एसियाली खेलकुद -साग मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

यसैगरी जारी सागमा नेपाललाइ दाेस्राे स्वर्णपदक ट्रायथोलनकाे महिलातर्फकाे खेलमा सोनी गुरुङले दिलाइन् । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी साेनीले दोस्रो स्वर्ण पदक दिलाएकी हुन् ।

उता, तेक्वान्दोको पुम्सेतर्फ कमल श्रेष्ठले नेपाललाइर् तेस्राे स्वर्ण दिलाएका छन् । जारी सागमा तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको खेलमा श्रेष्ठ पहिलाे भएर स्वर्ण पदक हात पारेका हुन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *