साक्षात् महादेव ज्योतिस्वरुपमा प्रकट हुने अम्बे जात्रा सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलमा हरेक वर्षको कार्तिक १ गते लाग्ने अम्बे जात्रा मनाइएको छ । ६४ ज्योतिर्लिङ्गमध्ये एक मानिने बिसिङ्खेलको चम्पाकेश्वर महादेवको पूजा, आजा, ब्रत, लाखबत्ती प्रज्वलन आदिका साथै नेवार समुदायको परम्परागत नाचसहित अम्बे जात्रा मनाइएको हो ।

अम्बिका रुपमा महादेवको पूजाआजा हुने भएकोले चम्पाकेश्वर महादेव मन्दिरमा लाग्ने जात्रालाई अम्बे जात्रा भनिएको जानकारहरु बताउँछन् । कतिपयले भने जात्रामा दक्षिणी धादिङमा लटरम्म फलेका स्वादिला अम्बा बेच्न राखिने भएकाले अम्बे जात्राको रुपमा कहलिएको बताउँछन् ।

गोपाली, बलामी र गमाल जातीको बसोबास रहेको चित्लाङको न्हुँलगाँउ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले महादेवलाई जाँड र उड्कलमा एकैपटक कुटिएको भूस सहितको चिउरा चढाएर अम्बे जात्रा मनाइन्छ । टाढा टाढाका भक्तालुहरु महादेवलाई चढाउन पहिलो पटक व्याएको गाइको दूध लैजाने गर्दछन् ।

चम्पाकेश्वर महादेवको पूजा गरे गाउँमा खडेरी नपर्ने, अनिकाल नपर्ने र गाइबस्तुको रक्षा हुने विश्वास रही आएको छ । प्राचीन कालमा चाँपको रुख काट्दा काटेको ठाउँबाट रगत बगेपछि त्यतिकै छोडेको र कलाँटु गाउँमा पालिएको एउटी गाईले उक्त चाँपको फेदमा दिनहुँ थुनबाटै दूध चढाउने गरेपछि के रहेछ भनी हेर्दा जमिनमुनि ज्योतिर्लिङ्ग फेला परेको हिमवत्खण्डमा उल्लेख छ ।

प्राचीन चन्द्रकान्ती र रत्न कान्ती नदीको संगममा रहेको चम्पाकेश्वर मन्दिरलाई व्रम्हतीर्थको रुपमा लिने गरिन्छ । जात्राको अघिल्लो रात चम्पाकेश्वर मन्दिरमा महादेव साक्षात् ज्योतिस्वरुपमा प्रकट हुने स्थानीयहरुको विश्वास छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *