९ गते सम्म धादिङमा निषेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धादिङ जिल्लाको बिभिन्न स्थानमा लगाईएको निषेधाज्ञा भाद्र ९ गते सम्म थप गरिएको छ । संकट ब्यबस्थापन समिति मंगलबार बसेको बैठकले निषेधाज्ञा ९ गते सम्मका लागि थप गरिएको हो ।

जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने सम्भावनालाई रोकथाम गर्नका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिएका छन् ।

निषेधाज्ञा कालुपाण्डे मार्गको मलेखु धादिङबेसी खण्ड, निलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४, ७ ८, १२ र १४ का क्षेत्रहरूमा निषेधाज्ञाको समय थप गरिएको हो ।
धादिङमा जिल्लामा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *