सांसद साहलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर विमानस्थलमा बुद्धको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि १० दिनको समय मागेको थियो ।
सांसद साहलाई जिल्ला अदालत धनुषामा सवा १० बजे लगिएको थियो । बा२झ ४४७७ नम्बरको प्रहरी भ्यानमा उनलाई अदालतमा लग्दा उनको हातमा हतकड़ी लगाईएको थिएन ।

यता, राजपाका कार्यकर्ताले सांसद साहको रिहाइको माग गर्दै जनकपुरधामको विभिन्न स्थानमा हिजै देखी प्रदर्शन गर्दै आएका छन । उनीहरुले रामनन्द चोकमा टायर वाली चक्काजाम समेत गरेका छन् ।

प्रर्दशनकारीले वुद्ध एयरको कदम चोकस्थित कार्यालयमा तालाबन्दी समेत गरेका छन् । बुद्ध एयरको कार्यालय वरिपरी बाक्लो संख्यामा सुरक्षाकर्मीले परिचालन गरिएको छ ।

सांसद साहले बुद्ध एयरको विमान उड्न ढिलो गरेको भन्दै सोमवार जनकपुर विमानस्थलको विशिष्ट कक्ष र बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए । तोडफोडपछि उनलाई त्रिभुवन विमानस्थलमा मंगलबार पक्राउ गरी जनकपुरधाम लगीएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *