सांसद प्रमोद साहलाई जनकपुर लगीयो, सर्मथकहरुले रिहाईको माग गर्दै प्रर्दशन गरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद साहलाई सोमबार साँझ जनकपुरधाम पुर्याईएको छ ।

प्रहरीको विशेष टोलीले मंगलवार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौबाट पक्राउ गरेका साहलाई जनकपुरधाम ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिएका छन । साहलाई ल्याइएपछि रिहाईको माँग गर्दै राजपाका नेता कार्यकर्ताहरुले ठाउँ ठाउँमा प्रर्दशन गरेको छ । नगरको विभिन्न स्थानमा टायर समेत वालिएको छ । साहको पक्राउप्रति उनकी श्रीमती समेत रहेकी प्रदेशसभा सांसद निरा साहले आपत्ति जनाएकी छिन् । विमान ढिला हुँदा बिरामी छट्पटाइरहेको अवस्थामा व्यक्त आक्रोशलाई लिएर पक्राउ गर्नु अन्याय भएको उनको गुनासो छ । प्रदेश सभामा राजपाका प्रमुख सचेतक परमेश्वर साहले अन्याय र बुद्ध एअरको मनपरी विरुद्ध आवाज उठाउने मधेशी सांसदलाई पक्राउ गर्नु वर्तमान सरकारले ज्यादती गरेको बताएका छन । उनले भने यदि साहलाई तत्काल बिना शर्त रिहाई नगरे पार्टीको बैठक बसी चांडै नै आन्दोलनको घोषणा गर्नेछु ।
यता सांसद साहलाई प्रहरीले अदालतमा उपस्थित गराउन सकेन । कार्यालय समयभित्र प्रहरीले सांसद साहलाई अदालतमा उपस्थित गराउन नसकेपछि फर्काइएको थियो । अदालतबाट फर्काइएपछि सांसद साहलाई फेरी भोली उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय धनुषाले तयारी गरेको हो । वुद्ध एयरको २ बजेको विमानबाट सांसद साहलाई ल्याउने तयारी गरिएको भएपनि विमान ढिलो भएका कारण अदालतमा समयमै उपस्थित गराउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । २ बजे आउने भनिएको विमान जनकपुर विमान स्थलमा ४ बजेर ४५ मिनेटमा अवतरण गरेको थियो ।
यस अघि जिल्ला अदालत धनुषाले विमानस्थलमा तोडफोड गरेको आरोपमा सांसदसाहको नाउँमा पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिअन्तर्गत अनुगमन उपसमितिको टोलीमा सहभागी भइ ओखलढुंगा जान लाग्दा काठमाडौ विमानस्थलवाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएकोे छ ।
सांसद साहले लात हानेर बुद्ध एयरको काउन्टरको सिसा फुटाइदिएका थिए । साथै बुद्ध एयरका कर्मचारीसंग दूव्यवहार समेत गरेका थिए । फलाईट ढिलो भइरहेकोबेला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का किडनीका बिरामी ६५ वर्षीय सौखीलाल चौधरीको अवस्था नाजुक बन्दै गईरहेको देखेर आवेगमा काउण्टर तोडफोड गरेको सांसद साहले बताए । जनकपुर सवमानस्थलमा बुद्ध एयरको विमान प्रायः ढिलो आउने गरेको देखिएको छ ।
जाहेरी अनुसारको घटनामा संलग्न देखिए सांसद साहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने छ । साह विरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ मा उल्लेखित प्रावधानलाई टेकेर नागरिक उड्डयन कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *