सांसद प्रमोद साहको रिहाईको माग गर्दै सर्लाही बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीले सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्दको आह्वान गरेको छ । बन्दले गर्दा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् ।

राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए । बन्दको बसैभन्दा बढी प्रभाव मंगलवामा परेको छ ।

दर्जनौ यात्रीको समयको ख्याल नगर्ने बुद्ध एयरलाई कारवाही नगरेको र सांसद शाहलाई मात्र कारबाहि गरेकोले उनका समर्थक विरोधमा उत्रिएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *