सहायक प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयको स्पष्टिकरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्लाअधिकारी दत्तराज हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ । सिमाना जस्तो संवेदनशिल विषयमा तालुकदार निकायलाई खबर नगरेरै मन लाग्दी स्थलगत भ्रमण गर्ने र सञ्चार माध्यममा बोल्दै हिडेको भन्दै गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाको चलानी नम्बर २७९ को अत्यान्त जरुरी पत्रजारी गर्दै मन्त्रालयले तालुकदार निकायलाई खबरै नगरि बोल्नुको कारण माग गरेको छ । प्रशासन शाखाका शाखा अधिकृत लोकमान श्रेष्ठद्धारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, “नेपाल चीनसिमा जस्तो संवेदनशील विषयमा तालुदार निकायलाई जानकारी नदिई के कतीकारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो ? सो सम्बन्धमा २४ घण्टा भित्र लिखित स्पष्टिकरण पेश गर्नु होला ।” यस विषयमा सहायक प्रजिअ हमालले आफूले देशलाई अप्mठ्यारो पार्ने गरी कुनै कुरा नबोलेको प्रतिक्रिया दिए ।

मैले लिमि उपत्याको लाप्चामा गरेको भ्रमणका आधारमा जे जस्तो देखे त्यही भनेको थिएँ, हमालले भने, नेपालको सिमाना चीनले मिचेको विषयमा खासै विवाद आउने कुनै कुरा बोलेको होइन् । केही साता अघि चीनले हुम्लालाई प्रदान गरेको वस्तुगत सहायता अन्तरगत प्रदान गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नाम्खा गाउँपालिका हुँदै नेपाल चीनको सिमाना हिल्सा र लिमि उपत्यका पुगेका सहायक प्रमुख जिल्ला अधिकारी हमालले सिमकोट पुगेपछि नेपाली भूभागमा चीनको भवन निर्माण भएको भन्ने विषयका बारेमा विभिन्न सञ्चार माध्ययममा जानकारी दिएका थिए । उक्त कुरा सञ्चार माध्यममा आएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवीगिरी नेतृत्वको जिल्ला सुरक्षा अधिकारीको टोली लिमि उपत्याकाको लाप्चा र हिल्सा क्षेत्रको स्थलगत भ्रमणमा गएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *