सहकारीले ३ करोड लगानि गरेर दाना उद्योग सन्चालनमा ल्याउदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दोलखाको तामाकोशी गाउँपालिका भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी सस्थाले जिल्लामा नै पहिलो दाना उद्योग सन्चालन गर्ने भएको छ।

गाउँपलिकाको वडा नम्बर १ भिरकोटमा रहेको भिमेश्वर सहकारिले स्थानिय स्तरमा उत्पादन गरिएका बस्तुहरुलाई उद्योगले दाना बनाएर बेच्ने उदेश्यले ३ करोड लगानी गरेर दाना उद्योगको सन्चालन गर्न लागेको हो।

दाना उद्योगको भौतिक निर्माणको काम पूरा भइसकेको छ। उद्योगले दाना छिट्टै उत्पादन गर्ने लक्ष्य राखिएतापनी कोरोना माहामारी पछिको लामो बन्दाबन्दिले गर्दा भारत बाट कच्चापदार्थ र प्राबिधिक ल्याउन नसकेका कारण दाना उत्पादनमा केही ढिला भएको अध्यक्ष श्यामकाजी कटुवालले बताउछन् ।

दाना उद्योग सन्चालन आए सगै दुई दर्जन स्थानीयहरुले रोजगारी पाउने सहकारिको अपेक्षा रहेको छ। सिङ्गो दोलखा जिल्ला र छिमेकी जिल्लाहरुमा दाना ब्यापार गर्ने उदेश्यले उद्योग संचालनको तयारी गरेको सहकारिले जनाएको छ।

नीय स्तरमा नै उत्पादन गरिएका मकै , गहुँ , भट्मास ,जौ , कोदो लगायतका खाद्य समाग्री लाई सहकारीले खरिद गरि उद्योग मार्फत प्लेट दाना बनाएर बेच्ने सहकारिको उदेश्य रहेको छ।

दाना उद्योगलाइ तिनै तहका सरकारले अनुदान दिने बताइसकेका कारण प्रक्रिया अगाडि बढाइरहेको सहकारिले जनाएको छ। २०५२ सालमा गाउँ पालिकाको वडा नम्बर १ भिरकोटमा स्थापना गरिएको सहकारिले अहिले भिमेश्वर नगरपालिका , बैत्यश्वर , मेलुङ र शैलुङ गाउपालिकामा समेत कार्य क्षेत्र बिस्तार गरिसकेको छ। मुख्य कार्यालय भिरकोटमा रहेको सहकारिको मालु र मेलुङ गाउँपालिका सम्पर्क कार्यलय सन्चालन गरि सेवा प्रदान गरिरहेको छ।

शेयर सदस्य ८ हजार ७ सय ४० रहेको सहकारिको पुजी करिब ३७ करोड पुगेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *