सहकारीको मलमा अध्यक्षको मनपरी, आफ्नै पसलबाट बिक्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मोरङको रंगेली नगरपालिका ९ बेल चोकमा रहेको त्रिमुर्ति सहकारीले आफ्ना सियर सदस्य तथा सदस्य किसानहरूका लागि भनेर खरिद गरेको मलमा अनियमिता भेटिएको छ। सहकारीले खरिद गरेको मल संस्थाकै अध्यक्षले आफूखुसी बिक्री वितरण गर्दै आइरहेको गुनासो बढेको छ।

जिल्लाकै प्रमुख बालिको रुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर यतिबेला कृषकहरू छटपटाई रहेका छन्। धान खेतका लागि युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकहरु बताउँछन्। तर लामो समयको लकडाउन र ठेकेदारको बेइमानीले सरकारले माग अनुसारको मलको आपूर्ति गर्न सकिरहेको छैन।

माग भएको अत्यन्तै न्यून मात्रामा जिल्लामा मल पठाईने गरिएको छ। सरकारी अनुदानमा आएको मलमा पनि कृषि सहकारीका रजाई हुने गरेको पाईएको छ । २०६२ सालमा स्थापना भएको त्रिमूर्ति बचत तथा ऋण सहकारी संस्थाले ल्याएको रासायनिक मल संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाले आफ्नै पसलबाट आफूखुसी बिक्री वितरण गरिरहेका छन । सहकारी को नियम अनुसार कुनै पनि सहकारी का अध्यक्ष तथा सदस्य हरुले सहकारीको नाम बाट ल्याएको रासायनिक मल आफु खुशि आफ्नो अधिनमा राखेर बिक्रीवितरण गर्ने नपाईने भएता पनि त्रिमुर्ति सहकारी ले भने अध्यक्ष आफै ले सहकारी लाई केही कमिसन दिएर बिक्रीवितरण गरेको पाईएको छ ।

उक्त सहकारी मा स्थानीय किसानहरूले रासायनिक मल किन्नका लागि १५ दिन अगाडिनै संस्थाका अध्यक्षलाई अग्रिम पैसा बुझाए पनि आफूहरूले नपाएको गुनासो गरेका छन् । दलेलीबाट आएका अर्का किसानले पनि १५ दिन अगाडिनै नाम लेखाएर पैसा बुझा पनि आफूले मल नपाएको गुनासो गरे। अर्का एक किसान आफू बिहान ६ बजेदेखि लाइनमा बसे पनि अहिले नाम टिपाएर जानु हप्ता दिनपछि आउनू भनेकोे उनलाई बताए । यस्तै नामै नटिपाएका अर्का एक किसानले एक बोरा मल बोकेर हिँडेका छन्। लामो समयदेखि नाम टिपाएका किसानले नपाए पनि कोही भने तत्कालै आउनेबित्तिकै मल पाएकोमा आपत्ति जनाएका छन ।
१०० बोरा मल आए पनि नाम लेखाएका भन्दा फरक फरक व्यक्तिलाई बाँढेको आरोप किसानहरू ले लगाउदै आएका छन । तर अगाडि पैसा लिएकोलाई रोकेर तत्काल आउनेलाई मल दिइरहेको उनीहरूको गुनासो छ।

त्रिमूर्ति बचत तथा ऋण सहकारी संस्थानको नाममा ल्याएको रासायनिक मल भने अध्यक्ष निरौलाले संस्थाका सदस्यलाई मैखिक रूपमा मात्रै जानकारी गराएर आफूले सञ्चालन गर्दै आएको ग्यास डिलर तथा हार्डवेयर पसलमा राखेर बेचिरहेकोे पाईएको छ ।
निरौलाले भने अहिले आफूले मल खरिद का लागि आफ्नै लगानि गरेको उनले बताए । संस्थामा माइन्यूट नगरी मौखिक रूपमा जानकारी गराएर मल ल्याएको र आफुले बिक्रीवितरण गर्नका लागि समिति बाट माइन्यूट नगरेको उने बताए । उनले भने हामीसँग उपलब्ध मललाई नाम टिपाएको आधारमा वितरण गरिरहेका छौ’, निरौलाले भने, ‘अहिले भएको मल दिने हो नपुगेकालाई फेरि अर्को पटक आउनू भनेका छौ।

यसैबिच जिल्ला सहकारी संस्था मोरङका अध्यक्ष डिल्ली पोखरेलका अनुसार सहकारी संस्थाले किसानलाई सरल रूपमा मल उपलब्ध गराउने विश्वासका साथ मल दिएको बताए। उनले सहकारी संस्थालाई सरल मूल्यमा बिक्री वितरण गर्ने दिएको मल निजी स्वार्थका लागि संस्थाको कुनै पनि सदस्यले बिक्री वितरण गर्न नपाउने बताए। उनले संस्थाका जिम्मेवार सदस्यले आफूलाई फाइदा हुने गरि संस्थाको नाममा ल्याएर आफ्नो पसलबाट बिक्री वितरण गर्नु गैर कानुनी रहेको बताए। सहकारी का अध्यक्ष निरौला ले कानेपोखरी गाउँ पालिका को दलेलिमा मा कृषिजन्य औषधि पसल सन्चालन गर्दे आईरहेका झरिलाल चौधरी लाई एक मुष्ट रुपमा १० बोरा युरिया मल समेत अध्यक्ष स्वयं ले आफुलाई दिएको झरिलाल ले बताए ।
तर सहकारीले अनुशासन बिपरित सहुलियत मलको कालोबजारी गर्ने गरेको र अन्यत्र बिक्री गरिएको समेत पाईएको छ । सहकारीले वितरण गर्नुपर्ने मल व्यपारी लाई बेचिरहेको छ।
सहकारीका अध्यक्षले नै मललाई मनपरीढंगले राख्ने र आफ्नै पसलबाट फाइद लिएर बेचिरहेको प्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने किसानको गुनासो छ।

सहकारीलाई दिईएको मल कसले पायो, के गरियो लगायतका विषयका कसैले सोधखोज नगरेकाले मलमा सहकारी कै अध्यक्षको रजाई हुँदै आएको छ।जिल्लामा कृषककका लागि आउने रासायनिक मलको दुरूपयोग हुने गरेको पाईएको छ। जिल्ला कृषि समितिले ९ वर्ष अघिदेखि कृषि सहकारी मार्फत सहुलियत मलको बिक्रि गर्ने निर्णय गरेको थियो। त्यसअघि कृषि सामाग्री कम्पनी मार्फत डिलर र कृषकहरुलाई बिक्री गर्ने गरिन्थ्यो। आफ्नो सदस्यहरुलाई मात्र बिक्री गर्न लगिएका मल कृषि सहकारीहरुले भने मलका ब्यापारी, बढी रकम दिने कृषक,लगायतलाई बेच्ने गरिएको कृषकहरु बताउँछन्।

सहकारी मलको दुरूपयोग रोक्न प्रहरी प्रशासनलेसमेत कडाई गर्नुपर्ने पीडित किसानहरूको माग छ।श्रोत अनुसार सहकारीका अध्यक्षले मल कै कारोवारका लागि सहकारी प्रयोग गरेर सहुलियत मूल्य आफूले तिरि मल कालोबजारी गर्नेलाई बेचिरहेका छन्। दिनुपर्ने किसानलाई नदिएर बढी मूल्य तिर्ने, आफन्त र पावरवालले मल पाइरहेका छन्।भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरेर ल्याएको रासायनिक मल , कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ।

कृषि सामाग्री कम्पनीले कृषि सहकारी संस्थालाई युरिया मल प्रति बोरा ७ सय १० र डीएपी २ हजार १ सय १० रुपैयाँमा बिक्री गर्ने गरेको छ। कृषि सहकारी संस्थाले भने ढुवानी भाडा थपेर किसानलाई युरिया मल बोराको अधिकतम ८ सय र डीएपी अधिकतम २ हजार २ सय रुपैयामा बिक्री गर्नु पर्ने प्रावधान छ। तर लकडाउनको मौका छोपेर सहकारी संस्थाले भने बढी मुनाफा लिएर युरिया मल नै १ हजार रूपैयाँ प्रति बोरामा किसान र ब्यापारीलाई बेच्दै आएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *