ससुरा हत्याको आरोपमा बुहारी पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ससुरा हत्याको आरोपमा मन्थली नगरपालिका १२ गेलुकी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ६५ वर्षिय ससुरा डिकबहादुर अछामीको हत्या गरोको आरोपमा पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई जाँच गर्दा उनको हत्या भएको हुन सक्ने आशंका अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा कान्छी बुहारी पार्वतीले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक रविभूषण यादवले जानकारी दिए । उनले दाउराको चिर्पट प्रहार गरि सुसुराको हत्या गरेको खुलेको यादवले बताए । घटना बारे थप अनुसन्धान भई रहेको पनि उनले बताए । आरोपी उपर कर्तव्य ज्यानको मुद्दा अघि बढेको उनले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *