सशस्त्र प्रहरी द्धावारा २३.५केजी चरेस सहित एक महिला पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दशैको समयमा सशस्त्र प्रहरी बल नेपाल नं ३१ गण बर्दियाको गस्ती टोलीले लागुऔषध चरेस वरामद गरेको छ । गए राती गुलरिया नगरपालिका वडानम्बर—१को गाँउ नम्बर—१०मा २३ केजी चरेस सहित भारत लैजान लागेको अवस्थामा एकजना महिलाई पक्राउ गरेको हो ।

विषेश सुराकीको आधारमा गुलरिया १का बुद्धि दमाईको घरमा महिलालाई खानतलासी गर्दा शुरुमा शरिरबाट ५ केजी चरेस सहित रुकुम खलंगा थाचीकोट गाँउपालिका वडा नम्बर—८की ३८ बर्षिय निर्मला ठाडा मगरलाई पक्राउ गरेको हो ।

खोजतलासकै क्रममा २वटा लब्यागमा लुकाई राखेको अवस्थामा थप चरेशसिहत जम्मा २३ केजी चरेस वरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण बर्दियाका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले वताएका छन्।

खोजतालसकै क्रममा स्याम सुङ्ग माबाईल १ थान र अन्य मोवाईल २ थान गरि जम्मा ३ थान मोबाईल पावर बैक र २वटा नागरिकता समेत वरामद गरिएको छ ।नगरिकता अनुसारको मानिसको खोजतलास भईरहेको सशस्त्र प्रहरीले ववताएको छ । थप अनुसन्धान रकारवाहिका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया पठाईने वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *