सल्यानमा दाउरा प्रहार गरी भाइले गरे दाइको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

सल्यानमा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौरमा २० बर्षिय भाइ देवीलाल पुनले आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको वडाअध्यक्ष मानसिंह पुरीले जानकारी दिए।

मदिरा सेवन गरेर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको जनाइएको छ ।बिहीबार साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा शुक्रबार भेटिए छ । घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलमा तर्फ गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी टोली घटना स्थलमा पुगेपछि थप वितरण प्राप्त हुने सल्यान प्रहरी प्रमुख, डिएसपि गोबिन्द थापाले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *