सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान -सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रा १ झ ४३२ नम्बरको जीप त्रिवेणी गाउँपालिका फलावाङ्गमा विहान साढे दश बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ भने ७ जना घाईते भएको प्रहरीले जनाएको छ । जीप त्रिबेणीबाट दाङ तुलसीपुरतर्फ जाँदै गरेको थियो । वडा नम्वर ४ फलावाङ्ग निबासी ६० बर्षीया कृष्णदेवी परियार र सोही ठाँउ निबासी ५९ बर्षिया यज्ञी थापाको ज्यान गएको हो ।

उनीहरुको उपचारको क्रममा साँढे १२ बजे तीर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा जीप चालक फलावाङ्ग निवासी २८ वर्षिय सन्दिप परियार, ८ वर्षिया ज्योती रावत, २३ वर्षिया मोति रावत, ५५ वर्षिया सावित्रा खत्री, २२ वर्षिया तारा थापा,२३ वर्षिया रिता रावत, र दाङ तुलसीपुर उपपमहानगरपालिका निवासी २८ वर्षिया दिला बुढा रहेका छन् ।

घाईतेहरुको दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *