सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको यसरी भयो सफल परीक्षण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हाल नेपालमा चर्चामा रहेको सलह किरा रोकथामको लागि नेपालमै बनेको मधुका कृषक ड्रोनको सफल परीक्षण भएको छ । कृषि ज्ञान केन्द्र चितवन र नेपाल कृषि अनुसन्धान परिषद नार्क को सहकार्यमा मधुका ड्रोन सर्भिसेसले मधुका कृषक ड्रोनको सफल परीक्षण गरेको छ ।

मधुका कृषक ड्रोनको सहयोगले किटनाशक औषधि छर्केर सलह किरा रोकथाम गर्न सकिने मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीजानकारी दिएकाछन् ।

यसको एकपटकमा किटनाशक औषधि बोक्ने क्षमता २५ केजी भएपनि हामीले १० केजी राखेर परीक्षण गर्‍यौ’ शम्भु शिवाकोटीले भने, ‘एकैपटकमा धेरै क्षमताको किटनाशक औषधि राख्दा ब्याट्री खपत धेरै हुन्छ’ ।

एकपटक चार्ज गरेपछि यस ड्रोनमा प्रयोग गरिएको ब्याट्रीले एकटपकमा १० केजी किटनाशक औषधि राखेर छर्किएमा ४० केजीसम्म छर्किन सक्ने शिवाकोटीले जानकारी दिएकाछन् ।

अहिले परीक्षण गरेको ड्रोन भर्सन वान रहेको र यसलाई भर्सन टुमा अपग्रेड गर्नको लागि बाहिरबाट मगाएको सामग्रीहरु लकडाउनले गर्दा रोकिएको र त्यसले केहि समय लाग्ने उनले बताए ।
भर्सन वान टेक्निकल मान्छेले मात्र चलाउन सक्ने भएकाले भर्सन टुमा हामीले सुरक्षित र सबैले चलाउने सक्ने खालको बनाउन लागेका छौं, उनले भने

स्प्रे गर्दा ६ वटा मोटर चल्ने भएकाले यसको साउन्डले पनि सलह किरा भगाउन सकिने छ । साथै साउन्डको लागि स्पीकरलाई ड्रोनमा राखेर पनि साउण्ड बजाउन सकिने छ । सलह किरा रोकथामकालागि ड्रोन प्रविधि अन्य देशहरुमा पनि प्रयोग हुदैआएको र प्रभावकारी देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *