सर्वोच्चले माग्यो कालापानी विवादबारे सरकारको लिखित जवाफ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्वोच्च अदालतले कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको छ।
अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले शुक्रबार कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको हो।

भारतले सुस्ता, कालापानी र लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दा पनि सीमाना निर्धारण गर्न कूटनीतिक पहल नगरी सरकार मौन बसेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो। अधिवक्ता न्यौपानेले त्यसरी मौन नबसी आवश्यक कदम चाल्नु भनेर सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

भारतले गत नोभेम्बर २ मा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा नेपालको कालापानी र लिपुलेक राखेको भन्दै नेपालभर विरोध प्रदर्शन भइरहेको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कालापानी नेपाली भूमि भएको र भारतको एकपक्षीय निर्णय मान्य नहुने बताएको थियो। प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य दलहरूले समेत भारतले जारी गरेको नयाँ नक्साले नेपाली सीमा अतिक्रमण गरेको भन्दै विरोध जनाएका थिए।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दलहरूलाई डाकेर यसबारे छलफल गरेका थिए। छलफलमा सबै दलले कूटनीतिक पहलमार्फत् भारतसँग कुरा गर्न सल्लाह दिएका थिए।

आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानीलगायतका क्षेत्र नसमेटिएको भारतले पत्रकार सम्मेलनमार्फत् दावी गरेको थियो।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *