सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएपछि अदालतको काम समेत प्रभावित भएको छ । सर्वोच्च अदालतले विज्ञप्ती प्रकाशित गर्दै संक्रमित सबै आइसोलेसनमा रहेको जनाएको छ ।

उनीरूको सम्पर्कमा पुगेका अन्य न्यायाधीश र कर्मचारी होम क्वारेन्टिनमा रहेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतले संक्रमित न्यायाधीश र कर्मचारीहरूको विवरण भने सार्वजनिक गरेको छैन । तर सर्वोच्चका एक जना न्यायाधीशसहित परिवार नै संक्रमित भएका छन । दुई जना न्यायाधीशलाई लक्षण देखिएको बताइएको छ ।

केही कर्मचारी पनि संक्रमित भएका छन । न्यायाधीस र कर्मचारीमा संक्रमण पुष्टि भएपछि सर्वोच्चले एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरेको छ । संक्रमित न्यायाधीशले प्रधानन्यायाधीशलाई आफू संक्रमित भएको जानकारी गराएपछि आजका लागि न्यायाधीश मनोजकुमार शर्माको एउटा मात्रै इजलास तोकिएको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *