सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग क्रिकेट फागुन ३ देखि हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रासस,काठमाडौं सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएलको चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् राखेप र नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।

अघिल्लो संस्करणको उपाधी सिवाइसी अत्तरियाले हात पारको थियो। त्यति बेलाको विजेता टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *