सर्वसाधारणले दर्शन गरे बुद्धको अस्थिधातु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोजाग्रत पूर्णिमाको दिन आइतबार ललितपुरको अक्षेश्वर महाविहारमा बुद्धको अस्थिधातुको सर्वसाधारणले दर्शन गरेका छन् ।

वर्षको एकदिनमा बाहिर दर्शनको लागि राखिने भगवान् बुद्धको अस्थिधातु दर्शन गर्न भक्तजनहरूको घुइँचो लागेको थियो । बुद्ध महापरिनिर्वाण भएपछि वहाँको दाहसंस्कार गरिँदा साधारण मानिसको जस्तो शरीर नजलेर अस्थिमा परिणत भएको कथन छ । बुद्धका अस्थि कपाल,रगत र हाड गरी तीन प्रकारमा विभाजित गरिएको थियो । जसमध्ये अक्षेश्वर महाविहारमा ल्याइएको बुद्धको रगतबाट बनेको गोलो अस्थिधातु थियो ।

बौद्ध परम्परामा कोजाग्रत पूर्णिमाको दिन विशेष महत्व राख्दछ । आजैको दिन शाक्यमुनि भगवान् बुद्धले आफ्नी आमा मायादेवीलाई तुषित भुवनस्थित स्वर्गलोकमा धर्मको देशना गरेर धर्तीमा संकाश्य नगरमा फिर्ता भएको मान्यता छ । पूर्णिमाको दिन अक्षेश्वर महाविहारमा अस्थिधातु दर्शनको लागि राखिनुका साथै विपश्यना ध्यान, धर्मदेशना, बज्रयान विधिबाट तारापूजा, स्तोत्रपाठ लगायत धार्मिक गतिविधि सम्पन्न भएका छन् ।

२०५३ सालमा श्रीलंकाबाट भगवान् बुद्धको अस्थिधातु बौद्धभिक्षु पियादस्सी संघनायक मार्फत नेपाल भित्रेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *