सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप,१८ जना घाइत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन । रामनगरमा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो ।

घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई गोलीको छर्रा समेत लागेको छ । नेकपाका कार्यकर्ताले गोली कांग्रेसका कार्यकर्ताले चलाएको दाबी गरेका छन ।

कुन पक्षवाट गोली चलेको भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनामा सग्लन एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो ।

रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ । तर कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ । यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *