सर्पले डसेर एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँचीको सितगगां नगरपालिका वडा नम्बर ५ जुकेनामा सर्पले डसेर आज आइतबार एक जनाको मृत्यु भएको छ । सितगंगा ५ जुकेना बार्नेआपका अन्दाजी ३५ वर्षिय स्थानीय यम बहादुर बेल्बासेको सर्पको डसाइ बाट मृत्यु भएको सितगंगा ५ का वडा अध्यक्ष कमल पौडेलले बताउनु भयो ।

राति सर्पले डसेका उनलाई भौगोलिक विकटता र एकलो बस्ती भएका कारण विषको असर शरीरमा देखिएपछि मात्र बेल्वासेलाइ आज विहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्प दंशमा उपचार केन्द्रमा लगिएको थियो ।

विरामी गंम्भिर प्रकृतिको भए पछि सर्पदंस उपचार केन्द्र गोरुसिंगेले प्रादेसिक अस्पताल बुटबल रिफर गरेको थियो । उपचारकालागि बुटबल लैजादै गर्दा वेल्वासेको बाटोमै मृत्यु भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *