सरकार र चन्द नेतृत्वबीच पहिलो चरणको वार्ता, वार्ता सकारात्मक भएको सरकारी टोलीको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियो । वार्तामा दुई पक्षले आ–आफ्नो कुरा राखेर आजको बैठक सकिएको बताइएको छ ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र चन्द नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा, र केन्द्रीय सदस्य उदय चलाउने सहभागी थिए । वार्ता सकारात्मक उन्मूख भएको सरकारी वार्ता टोलीका सदस्यले जानकारी दिएका छन् ।

सरकार र चन्द समूहले मंगलबार मात्र आआफ्ना तर्फबाट वार्ता समिति बनाएको घोषणा गरेका थिए । चन्द समूहको वार्ता टोली मंगलबार काठमाडौँ आइपुगेको थियो । सरकारले २०७५ फागुन २८ गते चन्द समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *