सरकार भन्छ कुनै वस्तुको अभाव छैन तर बजारमा कालाबजारी मौलाउदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले अत्यावश्यक वस्तुको कुनै अभाव नभएको भन्दै खाद्यान्न, औषधी लगाएतका वस्तुहरुको अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सरकारले गठन गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निजी क्षेत्र लगाएत सरोकारवाला निकायसंग छलफल गर्दै आपूर्ति व्यवस्था सहज बनाउन सरकार लागिपरेको र अहिले कुनै पनि बस्तुको अभाव नरहेको भन्दै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको हो । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न समितिले विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको हो ।

बैठकमा ६ महिनालाई पुग्‍ने खाद्यान्‍न, ३ महिनालाई पुग्‍ने इन्धन र ४ महिनालाई पुग्‍ने औषधि रहेको जानकारी गराइएको थियो । बैठकमा नीजि क्षेत्रमा प्रतिनिधिहरुले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको दावी गरेका थिए । त्यस्तै औषधी व्यवसायहरुले पनि प्रयाप्त औषधी रहेको भन्दै कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकपछि सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले औषधि पनि ३–४ महिनालाई पुग्ने मौज्दात रहेको बताएका छन ।

भारततर्फबाट हुने व्यापारमा कही कतै पनी अवरोध नरहेको र अधिक स्टक गर्न आवश्यक पनी नरहेको उनको भनाई रहेको थियो । छलफलमा उद्योगी व्यवसायीहरुले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहीत अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका बस्तुहरुलाई ल्याउन माग समेत गरिएकाो खतिवडाले बताए ।

बैठकमा बैठकमा अर्थमन्त्री युजराज खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतको सहभागिता रहेको थियो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारीहरु समेत सहभागि थिए ।

सरकारले कुनै चीजको अभाव न रहेको बताइरहदा फितलो अनुगमनको अभावमा सर्वसाधारहरु व्यापारीहरुबाट ठगीनेकार्य भने रोकीएको छैन । गाउघर तथा शहरबाट अलीक टाढाका बस्तीमा ग्यास र दैनीक उपभोग्य बस्तु व्यापारीले लुकाएको अवश्था छ । यता सरकार भने उपभोक्ता आफैले अनुगमन पनी गुर्नुपर्ने बताउछ । बजारमा कसैले कालोबजारी गरे उजुरी गर्नु त भन्छ तर उजुरी गर्ने वा सम्पर्क गर्ने बारे विस्तृत जानकारी दिदैन जस्ता स्थानीय आम सर्वसाधारणको गुनासो रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *