सरकार प्रतिगमनतर्फ उन्मुख भयो : रामचन्द्र पौडेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

बिहबिार काठमाडौंमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पौडेलले सरकारको क्रियाकलाप हेर्दा अघि नभइ पछाडी प्रतिगमनतर्फ ढकेलेको महशुस भएको आरोप लगाउनुभएको हो । उहाले मुलुकमा परिवर्तन आउदा पनि सरकार भने जनताको अधिकार कटौती गर्दै बिभिन्न बिधेयक ल्याउन खोजेको बताउनुभयो ।

उहाले कर्मचारीतन्त्रमा पनि सत्ता आतंक देखिएको धारणा राख्नुभयो । कर्मचारीतन्त्रलाई विश्वासमा लिएर काम गराउनुपर्नेमा सरुवा बढुवा तथा समायोजनमा जथाभावी गरेको उहाले बताउनुभयो । उहाले मुलुक परिवर्तनमा कर्मचारीको भूमिकाको चर्चा गर्नुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *