सरकार उल्टो दिशामा गएर देश र जनतालाई धरापमा पार्दैछ : डा.भट्टराई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गोरखा – पूर्व प्रधानमन्त्री तथा समाजवादी जनता पार्टीका बरिष्ठ नेता डा।बावुराम भट्टराईले अहिले सरकार उल्टो दिशातर्फ गएकोले देश र जनता धरापमा परेको बताएका छन् ।
गृह जिल्ला गोरखा आएका डा.भट्टराईले सरकार देश र जनताको आवश्यता भन्दा बाहिर गएको आरोप लगाउदै त्यस्तो कुरा बताएका हुन् ।

देश कोरोना प्रभावबाट गुज्रीरहेको यो अवस्थामा प्रधानमन्त्रीको प्रार्थमिकतामा अस्पताल बनाउने र उपकरणहरु खोज्ने तथा भ्यान्टीलेटरहरुको ब्यवस्था गनुपर्ने हो तर प्रधानमन्त्री ओली राम मन्दिर बनाउने कुरा र अयोध्या खोज्न लागेको भन्दै यो समय मन्दिर बनाउने होइन अस्पताल बनाउने बेला भएको बताए ।

जिल्ला सदरमुकाममा रहेको गोरखा अस्पताल र पालुङटारमा रहेको आँपपिपल अस्पताललाई ल्याबमा प्रयोगमा आउने मेशिन हस्तान्तरण गर्न आएका उनलाई सरकारलाई के सुझाब दिनु हुन्छ त ? भन्ने सञ्चारकर्मीहरुको जवाफमा सुझाब दिएर भालुलाई पुराण सुनाएको जस्तो मात्र हुने भन्दै पिसिआर टेष्ट ब्यापक रुपमा गराउनुपर्ने उनले बताए ।

सरकार प्रति निकै आक्रोश देखिएका भट्टराईले सरकार दृष्टीबिहिनहरुले हात्ति छामेको जस्तो भएको भन्दै नेपालमा कोरोना प्रवेश गरेको ५ महिना हुदा पनि अहिलेको सरकारले केही भेउ नपाएको आरोप लगाए ।

उनले आगामी दिनमा कोरोना अझै बढ्ने संभावना भएकोले सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने र चिन्तन फेर्न आवश्यक रहेको बताए । डा.भट्टराईले आजै जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा जिल्लाको शान्ति सुरक्षाको अवस्थामा जानकारी लिएका थिए । अस्पताललका लागि प्रदान गरिएको मेशिनले ३६ प्रकारका रगतका नमूना परिक्षण गर्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *