सरकारी कर्मचारी र जनप्रनिधि विनै सडकको ल्याव परिक्षण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारी निकायका प्रतिनिधि र जन प्रतिनिधिको सहभागिता विना भईरहेको ल्याव परिक्षण विश्वासीलो नभएको कुश्मा नगवासीहरुले गुनासो गरेका छन ।

कुश्मा नगरपालिकाको शहरी क्षेत्र विकास नाला तथा सडक निर्माणको काम गुणस्तर नभएको गुनासो नगर वासीले गरेका हुन । शहरी विकास तथा भवन निर्माण विभागले गरेको सडक स्तोरोन्नती तथा कालोपत्रेको काम विस्वाशीलो नभएको स्थानीयले गुनासो छ । ठेकेदार कम्पनी र कन्सलटेन्सीको मात्रै सहभागितामा सडकको ल्याव परिक्षण हुनुले सडकको काम गुणस्तरमा प्रश्न नगर बासीले गरेका हुन ।

६ करोड ८६ लाख ८८ हजार दुई सय ४२ को लागतमा निर्माण भईरहेको सडकको स्तरोन्नीतको काम गुणस्तरमा विश्वासीलो नभएको स्थानीएको भनाई रहेको छ ।

अन्य समयमा विभिन्न सरकारी अधिकारीको सहभागितामा सडकको अनुगमन हुने गरेको भएपनि सडक कालोपत्रे गर्नुपुर्व गरीने ल्याव परिक्षणमा सहरकारी कर्मचारी र जन प्रतिनिधिको सहभागिता नहुँदा स्थानीयले गुनासो गरेका हुन । २०७५ सालमा सम्झौता भएर काम भईरहेको सडक अहीले कालोपत्रको क्रममा रहेको हो । कुश्मा नगर पालिका ६ र पाँच समेटेर कालोपत्रे हुन लागेको सडकको स्तरोन्नतीको बारेमा जन प्रतिनिधिहरुको सहभागीता नरहेको हो । कुश्मा ६ का वडा अध्यक्ष आँफुहरुलाई थाहा नदिई ठेकेदारले ल्याव परिक्षण गरेका कारण गुणस्तरको बारेमा जानकार नभएको बताए। एता ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने जन प्रनिधिहरुलाई वालाइएको भएपनि उपस्थीती नभएको बताएका छन ।

अहीले कुश्मा बजार क्षेत्रको ,शिवालय चोक, धनेश्वर चोक, मिलन चोक ,प्रगती चोक लगायका क्षेत्रमा कालोपत्रेको काम भईरहेको छ । कुश्मा सदरमुकाम नगर क्षेत्रको दुई वडा समेटीने गरी सडक कालोपत्रे हुन लागेको हो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *