सरकारले सबै प्रदेशमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सबै प्रदेशमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने तयारी गरिएको बताउनु भएको हो ।

आईतबार काठमान्डाैमा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि सबै प्रदेशलाई पार्क बनाउने जग्गाको व्यवस्था गरिदिन आग्रह गरिएको पनि बताउनु भयो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले पूर्वाधार विकासमा जोड दिईरहेको पनि राष्ट्रिय कार्यक्रम संयोजक बैद्यको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका बैद्यले पूर्वाधारको विकास गरेर नै नेपालमा बाह्य पर्यटकहरुको आगमनलाई बढाउन सकिने पनि बताउनु भयो । उहाँले त्यसका लागि टुरिज्य पार्क निर्माण गर्न बाह्य लगानीको खोजी भईरहेको पनि बताउनु भयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *