सरकारले बिकाशको गति लिन्छ : प्रम ओली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाँचथर- प्रधानमन्त्री केपी शर्मा वलीले अहिलेको सरकारले बिकाशको गति लिएको बताएका छन । तीनै तहका सरकारले खानेपानी बिजुली र पूर्वाधार निर्माणको काम धमाधम गर्दै आएको बताएका हुन ।

पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा संचालित तमोर पम्पिङ खानेपानी योजनाको उत्घाटन र उज्यालो गाउँपालिका अन्तरगर्त ग्रामिण बिद्युतिकरणको उत्घाटनमा सम्बोधन गर्दै उनले नागरिकको आधारभूत आवश्यकताको रुपमा रहको खानेपानीको लागि दुःख पाउँनु पर्ने दिन गएको बताए ।

नागरिकको जिवन संग जोडिएको खानेपानीको व्यवस्थापनको बिषयमा सरकार गम्भिर भएको भन्दै उनले तमोर लिफ्ट खानेपानी आयोजना महङगो भई नागरिकलाई समस्या पर्ने बिषयमा आवश्यक छलफल गर्ने बताए ।

सोही कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले खानेपानी समस्याले महिला बालबालिकाहरु बढि पीडित भएको भन्दै खानेपानी समस्यालाई मन्त्रालयले गम्भिर रुपमा उठाएको बताइन् । उनले खानेपानी जनजिविकासंग जोडिएको पहिलो खुड्किलो भएकाले यसलाई मन्त्रालयले व्यवास्थापन गर्ने बताइन् ।

सोही क्रममा भौतिक पूर्वाधार बसन्तकुमार नेम्बाङ, सम्विधान सभाका पूर्व सभामुख तथा सम्सदियदलका उपनेता सुभास चन्द्र नेम्बाङ लगायतले सरकारले दिगो लक्ष्यका साथ समृद्ध नेपालको सपना लिएर काम गदै आएको बताएका थिए । कार्यक्रमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, अर्थ मन्त्री इन्द्रबहादुर आङ्बो लगायतको उपस्थीति रहेको थियो ।

काकाकुल अवस्थाको कुम्मायक गाउँपालिकाको साविक यासोक, रानीगाउँ र स्यावरुम्बालाई सरकारले २०६८ सालमा सरकारले देशकै पहिलो सुख्खाक्षेत्र घोषणा गरेको थियो । देशकै नमुना तमोर पम्पिङ खानेपानी आयोजना २०७२ सालदेखि सुरु भएको थियो । पहिलो चरण अन्तरगर्त प्रेरा–स्वामीनारयण जेभीले १९ करोड, ५२ लाख, ५० हजार रुपैयाँमा १७ किलोमिटर लामो मुख्य पाइपलाइनको काम पूरा गरेको थियो । त्यस्तै २०७३ सालदेखि कन्काई–महादेव खिम्ती–स्वामीनारायण जेभीले २२ करोड, १० लाख, रुपैयाँमा १ सय ९२ किलोमिटर पाइपलाइनको काम गर्दै आएको छ ।

सुख्खाक्षेत्रको थामडाँडासम्म १ हजार ४ सय ३० मिटर उचाँहीमा तमोरको लिफ्ट गरिएको छ । प्रति सेकेन्ड २८ लिटरका दरले पानी बस्तीमा पुगेको छ । आयोजनाको ७ वटा स्टेशन छन् । ती स्टेशनमा पानी जम्मा गर्न ११ वटा ट्याङकी बनाइएको छ । आयोजनाले सुख्खाक्षेत्रका ३ हजार ४४ घरधुरीका ३ हजार ४४ घरधुरीका १३ हजार २ सय ६६ जनसंख्या लाभाम्वित हुने छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *