सरकारले बाँस्कोटा प्रकरणबारे छानबिन गर्छ : गृहमन्त्री थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गृहमन्त्री रामबहादुर थापा बादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको बिषयमा सरकारले छानविन गर्ने बताएकाछन्। सेक्युरिटी प्रेस खरीदका विषयमा अडीयो सार्वजनिक भएसंगै सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिईसकेको बताउँदै गृहमन्त्री थापाले सरकारले अनुसन्धान गरी कानूनी प्रकृयाबाटै यो विषयको टुङ्गो लगाउने बताए ।

बागमती प्रदेशको आन्तरिक मामीला तथा कानून मन्त्रालयले हेटौंडामा आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा आएका गृहमन्त्री थापाले यस बिषयमा सरकारले छानबिन गरी समाधान गर्ने बताए । यस्तै गृहमन्त्री थापाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उहाँले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताए ।

शनिबारबाट हेटौँडामा सुरु भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पहिलो दिन प्रदेशभरीका प्रमुख जिल्ला अधिकारी, प्रदेशभरिका सुरक्षा निकायका प्रमुखलाई सरकारको सुरक्षा नीति र निर्देशनबारे जानकारी दिइएको थियो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको गोष्ठीमा गृहमन्त्री थापा, मुख्यमन्त्री डोरमणी पौडेल, संघीय सरकारका गृहसचिब, गृहमन्त्रीका राजनितिक सल्लाहकार प्राडा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की लगाएत बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *