सरकारले बनाउन नसकेको नेपालको नक्सा नेविसंघले बनायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगका बीच राजधानी काठमाडौंमा हजारौं विद्यार्थीहरुले अतिक्रमित नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका छन् ।

नेपाल विद्यार्थी संघका नेता एवं ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाईमा काठमाडौंको बसन्तपुरमा हजारौं विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बसन्तपुरमै नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् ।

अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लागिरहेका बेला नेविसंघले बृहद प्रदर्शन सहित नक्सा सार्वजनिक गरेको हो । अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौंका विभिन्न विद्यालयहरुमा पुगेर नेपालको वास्तविक नक्सा बनाउन सिकाइएको बताए ।

‘पहिलो चरणमा विद्यार्थीलाई नेपालको वास्तविक नक्सा चिनायौं । नक्सा बनाउन सिकायौं र बसन्तपुरबाट प्रदर्शन गर्यौं ।’ , त्रिपाठीले भने । नेपालको भूमि मिचिदा समेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्साबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको बताए ।

सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै उनले नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए ।
कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर सहभागि भएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *