सरकारले नयाँ प्रदेश प्रमुखको नाम अनुमोदनका लागि राष्ट्रपति समक्ष सिफारीस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले नयाँ प्रदेश प्रमुखको नाम अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाएको छ । आज दिउसो बसेको मन्त्रीपरिषद बैठकले नेकपा सचिवालय बैठकले सिफारिस गरेका नामहरु अनुमोदन गर्दै शितल निवास पठाएको हो । नयाँ प्रदेश प्रमुखका लागि नेकपा सचिवालय बैठकले आजै अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, शर्मिला त्रिपाठी, गोविन्द कलौनी, धर्मनाथ यादव, विष्णु प्रसाईंको नाम सिफारिस गरेको थियो ।

कसलाई कुन प्रदेशमा नियुक्तीका लागि सिफारिस गरेको भन्ने नेकपाले खुलाएको छैन । राष्ट्रपति कार्यालयले आज साँझ या भोलि विहानसम्म नाम अनुमोदन गरेको विवरण सार्वजनिक गर्ने बुझिएको छ । सिफारिस भएका सातमध्ये चार पूर्व एमाले निकट र तीन पूर्व माओवादी निकट नेताहरु छन् । नेकपा नेता माधवकुमार निकट नेता भने सिफारिसमा परेका छन् । आफुले सिफारिस गरेका नेता प्रदेश प्रमुख नबनाएको भन्दै उनले सचिवालय बैठकमै असन्तुष्टि राखेका छन् । यसअघि हिजो सरकारले शेरवहादुर देउवा सरकारको पालामा नियुक्त गरिएका सातै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको थियो ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *