सरकारले दियो साझा यातायातलाई तत्कालविद्युतीय बस खरिदको प्रक्रिया रोक्न निर्देशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक पत्र लेख्दै साझालाई विद्युतीय बस खरिदको प्रक्रिया केही समय अघि नबढाउन निर्देशन दिएको हो । सरकारले विद्युतीय बस खरिद गर्नका लागि गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको थियो । साझाले हाल बनाउँदै गरेको विद्युतीय बस खरिदको प्रकृयाको विषयलाई लिएर मन्त्रालयले बस खरिद प्रकृया रोकेको जनाएको छ ।

विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ करोड रुपैयाँ जम्मा गरिएको थियो । बस खरिद प्रकृया रोकिए पछि साझालाई सरकारले दिएको ३ अर्ब रकम अब के हुने भन्ने अन्योल उत्पन्न भएको छ । एक वर्ष अगाडि नै सरकारले ३ सयवटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो । गत असारमा साझा यातायातलाई यसको जिम्मा दिइयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *